२०८१ वैशाख ६ गते | 18th of April 2024

सुगम पोखरेल सांगितिक सांझ – शनिवार लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २३ गते २०:०९

लस एन्जलस – नेपाली पप तथा पछिल्लो समयमा आधुनिक सुगम संगितका मेलोडी किङले परिचित गायक सुगम पोखरेल सांगीतिक कार्यक्रमका शिलशिलामा अमेरिका आएका छन् । चर्चित गायक पोखरेल आफ्नो प्रस्तुती दिनका लागि यसै शनिवार लस एन्जलस आउंदैछन ।

युएस टुर २०१८ नाम दिईएको सांगीतिक कार्यक्रमका लागी गायक पोखरेल अमेरिका आएका पोखरेलको लस एन्जलस कार्यक्रमको संयोजन ता गुरुङ्ग र मनिता गोपालले गरेका छन । स्थानिय तारा हिमालअयन कुजिन, आर्टेसियामा बेलुकी ८:०० – १:०० सम्म आयोजना हुने कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक मनिता गोपालले जनाएकी छन ।

टेक्सासको सानएन्टीनियोबाट सांगीतीक कार्यक्रम प्रारम्भ गरेका गायक पोखरेलको अमेरिकाका दुई दर्जन बढि शहरमा आफ्नो सांगितिक प्रस्तुती मार्फत नेपालीहरुलाई मनोरंजन प्रदान गर्ने बताईेको छ ।

मेरो संसार नामक गीत बाट दुई दशक अगाडी सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिनाको लागि अमेरिका यात्रामा रहने छन् ।

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मसको सहयोग-संयोजनमा सम्पन्न गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *