२०८१ वैशाख १५ गते | 27th of April 2024

बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते १८:४९

बागलुङ, २ जेठ ।
बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् ।
उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रले १२ सय ६९ मत ल्याएको थियो । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन २ हजार १ सय १५ मत ल्याएर विजयी भएकी छिन् ।
उनको प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाले ८ सय १२ मत मात्र ल्याएको छ । जम्मा ६ वटा वडा रहेको उत्त गाउँपालिकामा वडा नम्बर १ र २ मा माओवादी विजयी भएको छ ।
वडा नम्बर ३, ५ र ६ मा कांग्रेस विजयी भएको छ । यस्तै एमाले वडा नम्बर ४ मा मात्र विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *