२०८१ वैशाख १५ गते | 27th of April 2024

पोखरा महानगर १ मा एमालेको जित निश्चित

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते ०:००

पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै बिजयी हुने निश्चित भएको छ । २ सय ५९ मत गन्न बाँकी छँदा एमालेबाट वडाध्यक्षका उम्मेदवार शारदा पराजुलीले ३ सय ७ मतले अगाडी छिन् । उनले हालसम्म १ हजार २९ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद शर्माले ७ सय २२ मत पाएका छन् । खुल्ला सदस्य तर्फ २ सय ४४ र ३ सय ७३, महिला सदस्यमा २ सय १२ तथा दलित महिला सदस्यमा ३ सय १ मतको अन्तर छ । एमालेबाट खुला सदस्यमा रुद्र प्रसाद चुवाई र शाहारा प्रधान, दलित महिला सदस्यमा प्रेम देवी परियार तथा महिला सदस्यमा प्रेम कुमारी साईले जित्ने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *