२०८१ वैशाख ८ गते | 20th of April 2024

अनेसासको केन्द्रिय अध्यक्ष पदमा गोवर्धन पूजाको उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ८ गते १७:१९

अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी निर्वाचन {२०१८- २०२० } का लागि अध्यक्षमा मेरो उमेद्वारी : गोवर्धन पूजा

१. सन् २००५ सालमा नेपालमै रहदा मैले साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षमा गठित अनेसास नेपाल च्याप्टरको सहसचिव पदमा बसेर करिब ४ बर्ष कार्य गर्ने अवसर पाएको थिएँ | उक्त समयदेखि अनेसास शव्द्प्रतिको आस्था र संस्थाप्रतिको झुकाव रहन पुग्यो |

२. सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको अनेसासको “प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन”मा सहभागी हुन अमेरिका आएपछि औपचारिक रुममा मैले अनेसासको आजीवन सदस्यता लिएको हुँ | र यसैप्रति प्रतिवद्द रहदै सन् २०१६ मा बोर्डअफट्रष्टीको पनि आजीवन सदस्यता लिएको हुँ |

३. सन् २०१४ – २०१६ मा प्रथम कार्यकाल र सन् २०१६- २०१८ मा महासचिवको दोश्रो कार्यकालको उत्तरार्धमा आईपुग्दा अनेसास बारे धेरै कुरा थाहा पाउने अवसर मिल्यो |

हुर्किदै गरेको यो वृक्षलाई मौलाउन दिन र यसको शीतल छहारीमा नेपाली भाषा र साहित्यको विकाश, बिस्तार र संरक्षण गर्न कटिबद्ध रहने अठोटका साथ आज सगर्व मैले यो पवित्र संस्थाको नेतृत्व गर्ने संकल्प गरेको छु |

४. मेरो ३० बर्ष लामो लेखन यात्रामा कमाएका आदरणीय अग्रज, अनुज र समकालीन साहित्यकार ,साहित्यप्रेमी र नेपाली भाषालाई माया गर्ने व्यक्तित्व मेरा सम्पति हुन् | यिनै सम्पत्तिलाई साक्षी राखेर अनेसासको आगामी नेतृत्व लिने अठोट गरेको हुँ |

६. संस्था स्थापनाको उदेश्य र यसको कार्य अनुरुप मन , वचन र कर्मले निस्वार्थ सेवामा समर्पित हुने अठोटका साथ संस्थाको २०१८-२०२० अवधिका लागि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको घोषणा गर्दछु |
र अन्त्यमा , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भनेको अन्तर्राष्ट्रिय संस्थाको रुपमै बिकसित हुनुपर्छ तव मात्रै यो संस्थाको उदेश्य पूरा हुन्छ भन्ने कामनाका साथ यसको जन्मको मर्मलाई प्रेम गर्न सम्पूर्ण आजीवन सदस्यज्यू , बोर्डअफट्रष्टी परिवार र साहित्य प्रेमी महानुभावहरूमा हार्दिक अपिल गर्दछु |

सादर

गोवर्धन पूजा
सम्पर्क : ५०८८४०५८७४
बोस्टन , अमेरिका
इमेल : [email protected]
फेसबुक : Govardhan Pooja

मेरो छोटो परिचय : गोवर्धन पूजा

वास्तविक नाम:
राजेन्द्र श्रेष्ठ

जन्म स्थान:
चैनपुर, चितवन, नारायणी अंचल

जन्म मिति : जनैपूर्णिमा ,
अध्ययन :

एम ए
भूगोल र नेपाली

प्रकाशित कृति:


१.असहमतिका पाइलाहरु (कथा) २०५०
२.शून्यताको आंचलभित्र (उपन्यास) २०५३
३.धर्तीको धूलो (गज़ल) २०५४
४.अब इतिहास रुँदैन (धारावाहिक उपन्यास) २०५६
५.पीडा अवतार (कविता) २०५७
६.वाचल ओठहरु (कविता)२०५९
७.प्रेम अवतार (कविता) २०६३
८. बिक्रीमा यो जिन्दगी (गज़ल) २०६८
९.अनामनगरकी अम्विका (कविता ) २०७२
पुरस्कार/सम्मान:
१ नवकविता पुरस्कार- २०५५
२.युवा कविता महोत्सव, धरान -२०५५
३.भानुभक्त लेखन पुरस्कार-२०५५
४.लालीगुराँस युवा सम्मान-२०५५
५.राष्ट्रिय कविता महोत्सव,प्रज्ञा-२०५७
६.शुभजन्मोत्सव कविता महोत्सव-२०५७
७.नारायणी वांगमय पुरस्कार-२०५७
८.युवावर्ष प्रतिभा पुरस्कार -२०५९
९.भानुमोती पुरस्कार-२०५७
१०.हरिभक्त कटुवाल युवासम्मान-२०५९
११.गज़लश्री सम्मान-२०६०
१२.दामोदर पुडासैनी प्रतिभा सम्मान- २०६३
१३.नयानेपाल राष्ट्रप्रेम सम्मान-२०६३
१४.लोकतन्त्र सास्कृतिक सम्मान-२०६३
१५.जनमत-जनक सेवा सम्मान-२०६४
१६.राष्ट्रिय विकास सेवा सम्मान-२०६४
१७.युवावर्ष मोति पुरस्कार -२०६५
१८.अनेसास गीता खत्री उत्कृस्ट गज़ल पुरस्कार- २०६८
१९.भानुभक्त शताबर्शिकी स्वर्ण पदक
सम्बद्ध संस्था :
१.आकाश साहित्यिक परिवार-(संस्थापक अध्यक्ष )-२०५०
२. गज़ल मंच-(संस्थापक अध्यक्ष )-२०५५
३.साहित्यिक पत्रकार संघ –(सचिव) २०५८-२०६०
४. साहित्यिक सम्पादक समाज-(कार्यसमिति सदस्य) २०५८
५. सामाखुशी साहित्यिक समाज- (कार्यसमिति सदस्य) २०५९-६२
६. हिरा खड्का साहित्यिक प्रतिष्ठान- (महासचिव )-२०५९-२०६१
७. अन्तरराष्ट्रिय नेपाली साहित्य समाज,नेपाल च्याप्टर ( सह-सचिव
२०६१-२०६४ )
८. चलचित्र पत्रकार संघ- (उप-अध्यक्ष) २०६०
९ . नेपाल भौगालिक समाज-( सचिब)२०५६
१० . अन्तर राष्ट्रिय गज़लमंच- (सस्थापक अध्यक्ष)-२०६९
११, सिर्जना उत्सव , बोस्टन, – संयोजक -सन् २०१३
१२ . उत्तर अमेरिका साहित्य प्रतिष्ठान -सदस्यसन् २०१३
१३ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर – सदस्य २०१४-
१४ अन्तर्राष्ट्रियनेपाली साहित्य समाज केन्द्रीय महासचिब (२०१४-२०१६)
( २०१६-२०१८ )
सेवा/ अनुभव :१.जी आई एस एनालिस्ट- (त्रिवि कीर्तिपुर )-२०५६
२.भूगोल प्राध्यापन-ताहाचल क्याम्पस-२०५७-२०६२
३.वरिष्ठ उपसम्पादक, अन्नपूर्ण पोस्ट -२०५९ -२०६७
४.सहसम्पादक – हिन्दू, कलान्तार, -२०५५-२०५९
५.सम्पादक –आकाश,मधुरस, राष्ट्रशक्ति-२०५१ ,२०५६
६.नेपाली प्राध्यापन, मनकामना कलेज२०६३ -२०६६
७. नेपाली प्राध्यापन,नवोदित कलेज-२०६३-२०६५
८.नेपाली प्राध्यापन ,यल कलेज -२०६४ -२०६६
९.कार्यक्रम संचालक, मैत्री एफएम -२०६३-२०६६
१०. कविगोष्ठी संयोजक- तेश्रो अनेसास सम्मेलन सन् २०१३
११.कविगोष्ठी संयोजक- अनेसास प्रथम महिला साहित्य सम्मेलन – सन्
२०१४
१२. उप संयोजक- अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब – २०१३
१३. संयोजक- अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब – २०१४हाल :

बोस्टन, अमेरिका
फोन.५०८-८४०-५८७४
इमेल-[email protected]
स्काईप आइडी :gpooja2

Leave a Reply

Your email address will not be published. Required fields are marked *