२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपाली कांग्रेस सुधारको सुल्टो बाटो

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ९ गते १०:२१

– डा. यादव पन्डित

नेपाली कांग्रेसलाई जनतामा आधारित पार्टी बनाउन हाल बिध्धमान रहेको साधारण र क्रियाशिल गरि दुई प्रकारको सदस्यताको व्यवस्था लाई परिवर्तन गर्न जरुरी छ । संघर्षकालमा बनाएको क्रियाशिल सदस्यताको संरचनालाई पार्टी भित्रको अन्तरिक प्रतिस्पर्धामा संस्थापन पक्षले आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्न अत्यधिक दुरुपयोग गरि सकेको छ, यस्तो संरचनाले अव काम गर्दैन । देशको राजनीति र समाजमा आएको परिवर्तसंग सामन्जस्य हुने गरि संगठनात्क संरचनामा ठुलो फेरवदल गर्नु अहिलेको आबस्यकता हो । देशको संविधानले पनि कुनै पनि नागरिक लाई आफुले मन पराएको राजनैतिक दलमा आबद्द हुने स्वतन्त्रता प्रदान गरेको छ, त्यस्तो स्वतत्रताको प्रतिकुल हुनेगरि दल आफैले कुनै नागरिक लाई दल भित्र प्रवेशगर्न ढोका बन्द गर्ने कुरा नेपाली कांग्रेस जस्तो प्रजात्रन्त्रिक पार्टीका लागि उपर्युक्त हुदैन । अहिलेको अबस्थामा नेपाली कांग्रेस भित्र क्रियाशील कुनै शक्तिशाली गुट बा समुहको संरक्षण प्राप्त नगरिकनै क्रियाशील सदस्य हुन असम्भव छ । एकै प्रकारको सदस्यता जसलाई “नेपाली कांग्रस पार्टीको सदस्य” भनिने गरि बिधान संसोधन गर्न आबाज उठाउन अनुरोध गर्दछु ।

पार्टी भित्र क्रियाशिल सदस्य हुने प्रणाली ठिक छ तर यसको वितरण प्रणालीमा भएका त्रुटी र भएको दुरुपयोग रोक्ने बिधि निर्माण गरौ भन्ने राय पनि छ। यसलाई अझ फिल्टर गरेर थोरै र विधानको भावना अनुसारका साँच्चिकै क्रियाशील सदस्य जो कम्युनिस्ट पार्टीका पूर्ण कालिन कार्यकर्ता जस्तो बनाऊ भन्ने धारणाले पनि ठाउ पाएको छ । पार्टी भित्रको अन्तिरक निर्वाचनमा क्रियाशील सदस्य मात्रैको मताधिकार हुने भएकोले निर्वाचनमा बिजयी हुन आफुलाई सहयोग हुने क्रियाशील सदस्य बनाउन खोज्ने प्रवृति लाई रोक्नै सकिदैन । अझ नेपाली कांग्रेसका कार्यकर्ताहरु स्वयंसेवी कार्यकर्ता भएकोले उनीहरु पार्टी बाट तलब र सुबिधा प्राप्त गर्ने कम्युनिस्ट पार्टीका पूर्णकालिन कार्यकर्ता जस्तो बनाउने कुरा युक्तिसंगत छैन । तलबी पूर्णकालिन कार्यकर्ता बनाउने कार्य क्षणिक रुपमा त संगठन बलियो बनाउने विधिजस्तो देखिन्छ तर यसले अन्तत पार्टी र सिङ्गै समाज लाई भ्रस्टीकरण गर्ने औजार बन्दछ । आफु स्वयम् अर्थोपार्जन नगर्ने अल्छी र लम्पट चाकडीबाज हरुको जमात तयार गरेर अग्रगामी समाज र पार्टी निर्माण गर्न सकिदैन । राज्ययन्त्रको आर्थिक दोहन गरेर कार्यकर्ता पोस्ने/पाल्ने कार्य धेरै देशमा कम्युनिस्ट पार्टी र सत्तालाई धरासाही बनाउने औजार बनेको हामीले देखि रहेकै छों । यो पूर्णत असफल भैसेको मोडेल हो, नेपालमा कम्युनिस्ट पार्टीहरुलाई पनि स्वय्मसेबक कार्यकर्ता हुने पार्टीमा रुपान्तरण गर्न समेत नेपाली कांग्रेसले बाटो देखाउनु पर्दछ ।

नेपाली कांग्रेसले अब अगाडीकॉ बाटो भने यसलाई सांगठानिक रुपमा जनआधारित( मास बेस्ड ) पार्टीको रुपमा रुपान्तरण गर्ने हो त्यसका लागि सदस्यतालाई पूर्ण रुपमा खुल्ला गर्ने, नेपाली कांग्रेसको आदर्श मन पराउने जुनसुकै नेपाली नागरिक यसको सदस्य बन्न अभिप्रिरेरित गर्नु पर्दछ । यसरी बनेका पार्टी सदस्यहरुले पार्टीको तल्लो तहका पार्टीका समितिहरु तथा महाधिवेशन प्रतिनिधीहरुलाई चुन्ने र चुनिने व्यवस्था गर्ने मात्रै नभएर पार्टीको तर्फबाट विभिन्न तहका निर्वाचनमा पार्टीका उमेद्वारहरु हुने र उमेदवार चुन्ने/छान्ने अधिकार राख्त छन् , एस्तो निर्वाचनको ब्यबस्थापन भने पार्टीका समितिहरुले गर्ने व्यवस्था गरिनु पर्दछ ।

नेपाली कांग्रेस भित्र कार्यकर्ता र नेताको मुल्यांकन गर्ने प्रणाली बारे सधै भरि प्रश्न/असन्तुस्टी बिध्यमान रहेको छ । अब खुल्ला सदस्यता प्रणाली लागु भएपछि पार्टीमा बिगतमा संघर्षका दिनमा काम गरेका, त्याग र बलिदान गरेका कार्यकर्ताहरु पछि पर्ने हुन् कि ? अर्थिंक रुपम अलि सक्षम भएका नव प्रबेशिहरुको बोलवाला हुन्छ कि ? भन्ने आशंका धेरै कार्यकर्ता को मनमा घर गरेको छ । यो भावना सबभन्दा ज्यादा शोषण भएको छ । बास्तबमा आर्थिक रुपमा केन्द्रका केहि नेताहरुलाई प्रभावित पारेर टिकट लिनु पार्टीका सदस्यहरुबाट प्रतिस्पर्धा बाट चुनिनु भंदत धेरै सजिलो कुरा हो ।

कुन कार्यकर्ताले कति योगदान गरेको छ भन्ने कुरा नेता हरुको रेकर्डमा छ भन्ने भ्रम धेरै जना कार्यकर्ता हरुमा छ, बास्तवमा न त्यस्तो रेकर्ड प्रणाली छ, न रेकर्ड राख्न नै सम्भव छ । पार्टीका तर्फबाट टिकट वितरण गर्दा यी कुनै कुरा ले कहिल्लै महत्व पाएको छैन | गुटगत संलग्नता वा नेता संगको तत्कालिन सम्बन्ध नै पार्टीका तर्फ टिकट प्राप्त गर्ने प्रमुख आधार रही आएको छ । सदस्य हरुले नै आफ्नो उमेदवार छान्ने प्रणाली बनाए पछि भने वास्तविक रुपमा गरेका कामको मुल्याकन/छलफल हुने अबस्त्था निर्माण हुने छ । केहि सिमित नेताहरुले गर्ने मुल्यांकन भन्दा धेरै संख्यामा रहेका पार्टीका सदस्य हरुले गर्ने मुल्यांकन निस्चय नै राम्रो र न्यायपूर्ण पनि हुन्छ । पार्टी भित्रको अन्तरिक निर्वाचनमा विजयी हुन का लागि धेरै भन्दा धेरै पार्टी सदस्य बनाउन नेतृत्व लिन चाहने हरुको बिचमा हुने प्रतिस्पर्धा ले पार्टीको संगठन लाई बिस्तारित गर्ने छ । पार्टीका कार्यकर्ता र नेता हरुको मुख्य कम नै सदस्यता विस्तार हुने भए पछि धेरै भन्दा नागरिकलाइ आफ्नो पार्टीमा आकर्षित गर्न सक्ने, पार्टीको नीति र कार्यक्रम लाई जनप्रिय बनाउन सक्ने प्रभावकारी नेतृत्व को पनि यौ बिचमा विकास हुने सम्भावना रहन्छ । अवसरका लागि माथि केन्द्र तिर होइन कि तल कार्यकर्ता र जनतातिर फर्कनु पर्ने कुरा पार्टीका लागि राम्रो कुरा हो , यसले जनतासंग बिस्तारै टुट्दै गएको सम्बन्ध लाई पुनर्स्थापित गर्ने छ ।

अब भबिस्य मुखी पार्टी बनाउने हो भने हिजो गरेको त्याग र बलिदान लाई सम्मान र इज्यत त गरिनु पर्दछ तर पार्टी र राज्यको जिम्मवारी भने पदम पुगेर गर्न सक्ने योगदान र क्षमताका आधारमा गरिनु पर्दछ । राजनैतिक नियुक्ति पनि पार्टी प्रतिको आबद्दता को आधारमा भन्दा उसको क्षमताका आधारमा गर्ने कुरा नै पार्टीको हितमा /देशको हितमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *