२०८१ वैशाख ११ गते | 23rd of April 2024

एसईईमा जीपीए ४ ल्याउने अन्जलीको डाक्टर बन्ने लक्ष्य -अन्तरवार्ता सहित

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १० गते १०:१३

काठमान्डौं – एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै उत्कृष्ट को भन्ने विवाद यो पल्ट पनि देखिएको छ । पोहोर पनि यस्तै दावीहरु आएका थिए । नम्बरको सट्टा ग्रेडिङ गर्ने प्रावधानले सिर्जनामा भएको उत्कृष्टको विवाद समाधान अब राष्ट्रिय परीक्षा बोर्डबाटै हुनेछ । महेन्द्र विद्या अाश्रम भक्तपुरका सार्थक मल्ल उत्कृष्ट भएको दाबी लगत्तै पर्वत कुश्मास्थित कालिगण्डकी एकेडेमीकी अन्जली पुरीले पनि जिपिए ४ नै ल्याएको दावी विद्यालय तथा परीक्षार्थी स्वयंले गरेकी छन् । अन्जली पुरीसँग हाम्राकुराले गरेको कुराकानी :

० एसईईमा उत्कृष्ट भएँ भनेर कतिबेला थाहा पाउनुभयो ?
– हिजो रिजल्ट आयो, हिजै साँझ थाहा पाएँ ।

० ४ जिपिए आउँछ भनेर आश गर्नुभएको थियो ?
– हल्का थियो पनि, डर पनि लागेको थियो ।

० के को डर ?
– नयाँ ठाउँमा चेक गर्ने जाने, के हुन्छ, कसो हुन्छ भन्ने डर लागेको हो ।

० कति समय पढ्नु हुन्थ्यो ?
– स्कुल र घरमा राम्रै पढाइ थियो । र, त्यहीअनुसार मेहनत पनि गरेको थिएँ ।

० पढाइलाई कति समय छुटाउनुभएको थियो ?
– दिउँसो स्कुलमै पढथें ।

० चार जिपिए ल्याउन कतिको कठिन रहेछ ?
– मेहनत गर्नुपर्छ, कठिन हुँदैन । मेहनतको फल आइहाल्छ नि ।

० ट्यूशन पढ्नुभयो ?
– हामीलाई स्कुलमै टिउसनको सुविधा थियो । बाहिर ट्यूशन पढिएन ।

० घोकेर कि बुझेर पढ्नुपर्छ ?
– घोकेर होइन, बुझेर पढ्नुपर्छ । टिचरले पढाएको बेला पढाइमा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसलाई नोट टाउन गरेर रिवाइज गर्यो भने सजिलो हुँदो रहेछ ।

० के बन्ने लक्ष्य लिनुभएको छ ?
– विज्ञान विषय लिएर पढ्छु, भविष्यमा डाक्टर बन्छु ।

० सफलताकाे शुभकामना ।
-धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *