२०८१ वैशाख ७ गते | 19th of April 2024

माछापुच्छ्रेमा एमाले अगाडी, यस्तो छ ताजा अपडेट

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते १:२४

पोखरा, २ जेठ ।
स्थानीय तह चुनावको पछिल्लो मतगणना अनुसार कास्कीको माछापुच्छ«े गाउँपालिकामा एमालेको अग्रता छ । तीन वडाको मत परिणाम सार्वजनिक भैसक्दा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवारले ५ सय ५३ मतको अग्रता कायम गरेका छन् । एमाले उम्मेदवार कर्ण गुरुङले १ हजार ९ सय ८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार खुशीमान गुरुङले १ हजार ६ सय ३० मत पाए । माओबादी केन्द्रका उम्मेदवार प्रविणा अधिकारीको १ सय १ मत छ । उपाध्यक्ष तर्फ भने काँग्रेसका उम्मेदवार अगाडी छन् । उपाध्यक्षका उम्मेदवार बासुदेव गिरीले १ हजार ८ सय ६६ मत पाउँदा एमाले उम्मेदवार कृष्ण कुमारी दवाडीले १ हजार ७ सय ७२ मत पाएकी थिईन् । उपाध्यक्षमा माओबादी उम्मेदवार टेकनाथ गौतमले १ सयि ८ मत पाएका छन् ।
वडा तहमा काँग्रेस भन्दा एमाले अगाडी छ । १ नम्बर वडामा काँग्रेस तथा २ र ३ नम्बर वडा एमालेले जितेको छ । १ नम्बरमा काँग्रेसका बिरेन्द्र गुरुङको ४ सय ९२ मत आउँदा एमालेका अनुप गुरुङले ४ सय ७४ मत पाए । खुल्ला सदस्यमा काँग्रेसका कहिले गुरुङ र एमालेका सुर्जे गुरुङ, महिला सदस्यमा काँग्रेसकै जमूना पुन, दलित महिला सदस्यमा एमालेकी सर्मिला परियार बिजयी भएकी छिन् । वडा नम्बर २ मा झिनो मतान्तरले एमाले अगाडी छ । एमालेका बिक्रम गुरुङले ७ सय ५४ मत ल्याउँदा काँग्रेस उम्मेदवार गुञ्जमान गुरुङको ७ सय ४० मत छ । खुल्ला सदस्य तर्फ काँग्रेसका मिम बहादुर गुरुङ र गणेश आचार्य, महिला सदस्यमा एमालेकी केश कुमारी गुरुङ तथा दलित महिला सदस्यमा एमालेकै सुनिता परियार निर्वाचित भएकी छिन् ।
वडा नम्बर ३ मा पनि काँग्रेस भन्दा केही मतान्तरले एमाले बिजयी भयो । वडाध्यक्षमा एमाले उम्मेदवार ५ सय ८० मत ल्याउँदा काँग्रेसका हरिचन्द्र लम्सालले ५ सय ५१ मत पाएका छन् । माओबादीका चित्रनाथ लम्सालले २७ मत पाए । खुल्ला सदस्यमा काँग्रेसका प्रेम बहादुर जिसी र रेशम कुमार नेपाली, महिला सदस्यमा एमालेकी धन कुमारी पौडेल, दलित महिला सदस्यमा एमालेकै फुल माया सार्की बिजयी भए । अहिले ४ नम्बर वडाको मतगणना भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *