२०८१ वैशाख १४ गते | 26th of April 2024

टेलिभिजन कार्यक्रम तत्काल संचालनमा ल्याउन सांसद परियारको माग

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ११ गते ३:०२

काठमाडौं – आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । शुन्य तथा विशेष समयमा बोल्दै सांसदहरुले विभिन्न विषयहरु उठाउँदै सदर र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सदनको शुन्य समयको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद सुजाता परियारले वर्तमान सरकारका संचारमन्त्रीले लोकतन्त्र र संविधानलाई कुल्चिएर नेपाल टेलिभिजनमा संचालन हुँदै आएको कार्यक्रम ‘सिधा कुरा’लाई बन्द गराएको आरोप लगाउँदै सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सांसद परियारले नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको भए तापनि संचारमन्त्रीले अधिनायकवाद देखाउँदै पत्रकार राजु थापाले संचालन गर्दै आएको कार्यक्रम ‘सिधा कुरा’ बन्द गराएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
उनले सो कार्यक्रम पुनः संचालनमा ल्याउन समेत सभामुख मार्फत सम्बन्धित मन्त्रालयसँग माग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *