२०८१ वैशाख १३ गते | 25th of April 2024

अर्जेन्टिना अन्तिम १६ मा, मेसीको विश्वकपमा पहिलो गोल

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १२ गते २२:१३

एजेन्सी – फिफा विश्वकप अन्तरगत समूह डी बाट अर्जेन्टिना उप विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । सेन्टपिटर्सबर्गमा भएको खेलमा अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक सहित उप विजेता बनेको हो । क्रोशिया भने शत प्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ । खेल सुरु भएको १४ औं मिनेटमा लियाेनल मेस्सीले शुरुवाती अग्रता दिलाएका थिए ।

मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए । मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ । पहिलो हाफमा दबाबमा रहेको नाईजेरियाले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ४९ औं मिनेटमा जाभियर मार्सिरानोले डिबक्स भित्र फल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।

त्यसपछि नाइजेरियाले पकड कायम गरेकोको थियो । नाईजेरियालाई बराबरीलेनै अन्तिम १६ मा पुग्ने समिकरण भएपनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो ।

मार्कोस रोहाेले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका हुन् । नाईजेरियाले अन्तिम समय सकिनुभन्दा केही सेकेण्ड अघि नाइजेरियाले गरेको प्रहार अर्जेन्टिनाका गोल किपर फ्रान्को अरामनीले बचाएका थिए । 

आज जित्नै पर्ने दबाबमा रहेकाले अर्जेन्टिनाले ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा गोल किपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोजाले टिममा स्थान बनाएका थिए ।

यस्तै क्रोएशियाले आईसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ५३ औ मिनेटमा क्रोएशियाका मिलन बादलेजको प्रहार गोलमा परिणत भएको थियो । ७६ औं मिनेटमा सिगरशनले बराबरी गोल गरेका थिए ।

तर ९० औं मिनेटमा क्रोएशियाका लागि इभान पर्सीले निर्णायक गोल गर्दै समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल बनाए । समूह डीबाट विजेता बनेको क्रोएशियाले प्री क्वार्टर फाइनलमा समूह सी को उप विजेता डेनमार्कसँग भिड्दा समूह डी को उप विजेता बनेको अर्जेन्टिना समूह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *