२०८१ वैशाख १३ गते | 25th of April 2024

गुगलमा सबैभन्दा धेरै खोजिने ब्राजिल र नेयमार

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १३ गते ४:५०

एजेन्सी – यतिबेला संसारकै ध्यान रुसमा केन्द्रित भएको छ । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ । जताततै फुटबल खेलाडी र उनीहरूको देशको चर्चा परिचर्चा भइरहेको छ । 

विश्वकप नसकिञ्जेल कुनै पनि घटनाले त्यति महत्व पाउँदैन । विश्वकप सुरु भएयता गुगल सर्च इन्जिनमा सबैभन्दा धेरैपटक खोजिने देशमा ब्राजिल परेको बीबीसीको एक अध्ययनले जनाएको छ । यसैगरी अर्जेन्टिना दोस्रो, साबिक विजेता जर्मनी तेस्रो र फ्रान्स चौथो टोली बनेका छन् । अर्जेन्टिनाले अपेक्षित खेल देखाउन नसके पनि गुगलमा धेरै पटक खोजिएको छ ।

पाँचपटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जित्ने अभियानमा छ । तर, समूह चरणको पहिलो खेलमा ब्राजिल स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपछि निकै आलोचित भएको थियो । दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० हराए पनि अझै लयमा आउन सकेको छैन । समूहको अन्तिम खेलमा बुधबार ब्राजिलले सर्बियासँग खेल्नेछ । 

गुगलमा ब्राजिलका नेयमारलाई खोज्नेको संख्या एक अरबभन्दा बढी छ । उनीपछि अर्जेन्टिनी स्टार लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान, ओउसमाने डिम्बालेलगायत खेलाडीको धेरै ‘सर्च’ गरिएको छ । जारी विश्वकपमा नेयमारले घाइते भएकाले अपेक्षित खेल देखाउन सकेका छैनन् । यद्यपि उनीबाट धेरैले राम्रो खेलको अपेक्षा गरेका छन् । नेयमार यतिबेलाका विश्वकै सबैभन्दा महँगा फुटबलर हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *