२०८१ वैशाख ६ गते | 18th of April 2024

पोखरा लेखनाथ २ मा काँग्रेसको प्यानल बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते ९:५८

पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका रामेश्वर मल्लले एमालेका उम्मेदवार दिननाथ सुवेदीलाई ३ सय ७१ मतान्तरले पराजीत गरेका छन् । मल्लाको ९ सय ३४ मत आउँदा सुवेदीले ५ सय ६३ मत पाए । खुल्ला सदस्यमा गौतम विजुक्छे र प्रमोद पराजुली बिजयी भए । महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा पनि काँग्रेसकै सुनिता विश्वकर्मा बिजयी भएकी छिन् ।
वडा नम्बर २ बाट नगर प्रमुख र उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार अगाडी छन् । काँग्रेसका रामजी कुवँरले ८ सय २८ मत ल्याउँदा एमालेका उम्मेदवार मान बहादुर जिसीको ६ सय ८० मत आयो । उपप्रमुखमा सरस्वति गुरुङले ७ सय ५९ र मञ्जुदेवी गुरुङले ६ सय १७ मत पाईन् । योसँगै महानगर प्रमुखमा जिसीले १ हजार ७ सय ४५ र कुवँरले १ हजार ६ सय ५९ मत पाएका छन् । उपप्रमुखमा मञ्जुको १ हजार ७ सय २५ र सरस्वतिको भागमा १ हजार ६ सय ५ मत परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *