२०८१ वैशाख ७ गते | 19th of April 2024

काँग्रेसको गढमा एमालेको अग्रता

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते १२:५३

पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ काँग्रेसको गढ मानिन्छ । बिगतका चुनावहरुमा तीन नम्बर वडामा नेपाली काँग्रेसले जितेको थियो । तर स्थानीय चुनाव अन्तर्गत जारी मतगणनामा काँग्रेस भन्दा एमाले अगाडी छ । ८ सय मत गनिसक्दा मेयरमा एमाले उम्मेदवार मान बहादुर जिसीले ३ सय ७४ मत प्राप्त गर्दा काँग्रेस उम्मेद्वार रामजी कुवँर ३ सय ७० मत पाएका छन् ।
उपमेयरमा सरस्वति गुरुङले ३ सय ६९ र मञ्जु गुरुङले ३ सय ४७ मत पाईन् । तीन नम्बर वडामा २ हजार ७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *