२०८१ वैशाख १५ गते | 27th of April 2024

प्रदीप पौडेलको नेतृत्वमा निषेधित क्षेत्र तोडियो

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २० गते १८:३२

काठमान्डौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा बुधवार दिउँसो माइतीघर मण्डलामा सरकारले लगाएको निषेधित क्षेत्र तोडिएको छ । नेविसंघका पूर्व अध्यक्ष समेत रहनु भएका पौडेलको नेतृत्वमा युवा तथा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोडेको हो । व्यापक प्रहरी परिचालनका बाबजुद पनि निषेधित क्षेत्र तोडिएको पौडेलले बताउनुभयो । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै निषेधित क्षेत्रहरु तोकेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप पौडेलले लगाउनुभयो । सरकारको ज्यादती विरुद्ध नेपाली कांग्रेसले अब देशव्यापी संघर्ष चर्काउने पौडेलले बताउनुभयो ।

निषेधित क्षेत्र तोड्ने क्रममा नेविसंघ आबद्ध विद्यार्थीहरुले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । युवा विद्यार्थीहरुको शशक्त आन्दोलनका कारण अब वर्तमान सरकार चाँडै घुँडा टेक्न बाध्य हुने नेविसंघ महामन्त्री कुन्दन काफ्लेले बताउनुभयो । प्रहरी धरपकडमा परी निरञ्जन थापा, अर्वत खड्का लगायतका विद्यार्थी घाइते समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *