२०८१ वैशाख ६ गते | 18th of April 2024

रुपाको अध्यक्षमा नवराज

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते ३:४४

पोखरा, ३ जेठ ।
जिल्लाको सबैभन्दा सानो गाउँपालिका रुपामा एमालेका उम्मेदवार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ बिजयी भएका हुन् । ओझाले काँग्रेस उम्मेदवार प्रकाश मोहन खनाललाई ८ सय ९७ मतान्तरले पराजीत गरेका हुन् । ओझाको ४ हजार २ सय २ मत आउँदा खनालको ३ हजार ३ सय ५ मत छ । माओबादी केन्द्रकी उम्मेदवार निर्मला सुवेदीको ३ सय ७० मत मात्रै छ । उपाध्यक्षमा पनि एमालेकी उम्मेदवार लालसुवा गुरुङ बिजयी भईन् । उनले निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी उम्मेदवार गिमाया गुरुङलाई ५ सय ५७ मतान्तरले पराजीत गरेकी हुन् । लालसुवाको ४ हजार १३ मत छ भने गिमायाको ३ हजार ४ सय ५६ मत छ । माओबादी केन्द्रका पुष्पराज खनालले ४ सय ३० मत पाएका थिए ।
वडातर्फ १, २ र ७ नम्बर वडामा काँग्रेस र ३, ४, ५, ६, ८ र ९ नम्बर वडामा एमालेले जितेको छ । १ नम्बर वडाको अध्यक्षमा काँग्रेसका उम्मेदवार दिपक कुमार आले बिजयी भए भने २ नम्बर वडामा हरिकृष्ण ओझा बिजयी भए । ३ नम्बर वडाको अध्यक्षमा कृष्ण बहादुर केसी, सदस्यमा भगवती शाही र रुप बहादुर माल थापा, महिला सदस्यमा मञ्जु केसी, दलित महिला सदस्यमा शनिशरा विक बिजयी भईन् । वडा नम्बर ४ मा एमालेका उम्मेदवार मुकुन्द बहादुर बंशीले अध्यक्षमा जिते । खुला सदस्यतर्फ मधुमाया शाही र रविन्द्र ठकुरी, महिला सदस्यमा बिजया कुमारी राना, दलित महिला सदस्यमा माया विक निर्वाचित भएका छन् ।
५ र ६ नम्बर वडामा पनि एमालेको प्यानल बिजयी भयो । ५ को वडाध्यक्षमा टेक बहादुर गुरुङ, खुला सदस्यमा दामोदर घिमिरे र राजन खनाल, महिला सदस्यमा राधा बास्तोला तथा दलित महिला सदस्यमा मेलिना नेपाली बिजयी भए । वडा नम्बर ६ मा नारायण गुरुङ वडाध्यक्षको रुपमा निर्वाचित भए । खुला सदस्यमा हर्क बहादुर गुरुङ र शखुरद्दिन मिया, महिला सदस्यमा बुद्धीमाया गुरुङ, दलित महिला सदस्यमा सरिता सुनार निर्वाचित भएकी छिन् । वडा नम्बर ७ मा चाहीँ काँग्रेसका उम्मेदवार दया सागर सुवेदी बिजयी भएका छन् ।

One thought on “रुपाको अध्यक्षमा नवराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *