२०८१ वैशाख ८ गते | 20th of April 2024

फिफा विश्वकपमा कसले लैजाला गोल्डेन बुट !

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २४ गते १२:०७

एजेन्सी – रसियामा जारी फिफा विश्वकपका क्वार्टरफाइनल खेलहरु शनिबार सकिएका छन् । सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । विश्वकपका ६४ खेलमध्ये ६० खेल भइसकेका छन् । अहिलेसम्म सम्पन्न खेलमा सर्वाधिक गोलकर्ता खेलाडी, सबैभन्दा धेरै गोल गर्ने राष्ट्र र सबैभन्दा बढी गोलका लागि प्रयास गर्ने खेलाडी को–को हुन् त ?

ह्यारी केन–६ गोल
यसपटकको विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड अहिलेसम्म इंग्ल्यान्डका कप्तान ह्यारी केनको छ । २४ वर्षीय केनले खेलेका ५ मध्ये ३ खेलमा ६ गोल गरेका छन् । उनले समूह चरणमा पानामाविरुद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरे । कोलम्बियाविरुद्धको खेलमा १ गोल गर्दै उनी जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन केनले ६ गोलको योगदान दिएका छन् । केन रसिया विश्वकपमा गोल्डेन बुटको दाबेदारसमेत हुन् ।

पछ्याउँदै लुकाकु
उनीसँगको प्रतिस्पर्धामा छन् सेमिफाइनल पुगेको अर्को मुलुक बेल्जियमका फरवार्ड रोमेलु लुकाकु । उनले अहिलेसम्म ४ गोल गरेका छन् । त्यस्तै, ४ गोल गर्नेमा यसअघि नै विश्वकपबाट बाहिरिसकेको टिम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र आयोजक राष्ट्र रसियाका डेनिस चेरिसेभ छन् ।

बेल्जियमको १४ गोल
जारी विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै गोल बेल्जियमले गरेको छ । उसले खेलेका ५ खेलमा १४ गोल गरेको छ । बेल्जियम विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।
समूह चरणमा बेल्जियमले पानामालाई ३—०, ट्युनिसियालाई ५—२ र इंग्ल्यान्डलाई १—० गोलले पराजित गरेको थियो । त्यस्तै, प्रि—क्वार्टरफाइनलमा बेल्जियमले जापानलाई ३—२ गोलले पराजित गरेको थियो भने क्वार्टरफाइनल खेलमा ब्राजिललाई २—१ गोलले जितेको थियो ।

सर्वाधिक गोल प्रयास नेयमारको
क्वार्टरफाइनल खेलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै ब्राजिल जारी विश्वकपबाट बाहिरिसकेको छ । ब्राजिलका स्टार नेयमारले रसियामा ५ खेल खेले, जसमध्ये उनले सबैजसो खेलमा गोल गर्ने प्रयास गरेका थिए ।
नेयमारले खेलेका ५ खेलमा उनले विपक्षी टिमको पोस्टमा २७ पटक प्रहार गरेका छन् । यी प्रहारमध्ये १३ प्रहार गोल पोस्टतिर गरेका छन् भने पाँच प्रहार ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका नौवटा प्रहारलाई विपक्षी डिफेन्डर र गोलरक्षकले रोकिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *