२०८१ वैशाख ७ गते | 19th of April 2024

नेविसंघ पौडेलतिर पनि फुट : ४ उपाध्यक्ष एकातिर, २ उपाध्यक्ष अर्कोतिर ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २४ गते १२:२६

काठमाडौं : नेपाल विद्यार्थी संघमा वरिष्ठ नेता रामचन्द्र पौडेल निटक समहुमा फुट देखिएको छ । संघको ११औं महाधिवेशनमा पौडेल निकट मनोजमणी आचार्य समुहबाट ५ जना उपाध्यक्ष निर्वाचित भएका थिए । जसमध्ये ३ जना उपाध्यक्ष पौडेल समुहमै छन् भने २ उपाध्यक्ष पार्टीमा तेस्रो धार भनिने समहुसँग नजिक देखिएका छन् ।

आचार्य समुहबाट निर्वाचित उपाध्यक्षहरु उर्मिला थपलिया,खड्ग डाँगी र सागर परियार आफु निर्वाचित भएको समुहमै देखिएका छन् भने प्रकाश राना र नविन राई महामन्त्री कुन्दन काफ्लेसमुहसँग नजिक देखिएका छन् । काफ्ले ११ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा निकट नैनसिंह महर अध्यक्ष रहेको प्यानलबाट महामन्त्री निर्वाचित भएका थिए । केही दिनअघि मात्र मनोनित उपाध्यक्ष निलकण्ठ रिजाल ३ उपाध्यक्षसँगै देखिएका छन् । यो समुहका ४ जना उपाध्यक्ष रहेका छन् । सहमहामन्त्री साधना घिमिरे,हरिहर शर्मासहित केन्द्रीय सदस्यहरु रघुविर कार्की, जयराम दाहाल, पुजन गन्धर्व, लक्ष्मण पन्थी, विशाल गुप्ता, पवन नेपाली, ममता महतो, खडग बिसि, हरि शर्मा,कल्पना पौडेल,पुनम भट्ट,सरोज रेग्मी, इश्वरी बम,सागर प्रसाईं, लेखनाथ भट्टराई,हरिबोल भट्टराई, लगायत बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको ४ उपाध्यक्षको दाबी छ । ४ उपाध्यक्ष रामचन्द्र पौडेलसँगै महामन्त्री डा. शशांक कोइरालासँग पनि निकट मानिन्छन् ।

काफ्लेसँगै राना र राई

अध्यक्ष नैनसिंह महरविरुद्ध समानान्तर गतिविधि गर्दै आएका महामन्त्री काफ्ले नेतृत्वको समुहले शनिबार विज्ञिप्त जारी गर्दै महाधिवेशन सुनिश्चितताको माग गर्यो । जसमा वरिष्ठ नेता पौडेल निकट समुहबाट उपाध्यक्ष निर्वाचित राई र रानाले पनि हस्ताक्षर गरेका छन् । राई र राना कांग्रेसभित्र प्रकाशमान सिंह निकट मानिन्छन् । पछिल्लो समय पार्टीभित्र सभापति शेरबहादुर देउवाविरुद्ध सिंह र सिटौला पनि नजिक देखिन्छन् । काफ्ले निकट एक केन्द्रीय सदस्यका अनुसार उपाध्यक्ष राई र राना महामन्त्री काफ्लेले आव्हान गरेको केन्द्रीय समिति बैठकमा समेत सहभागि हुनेछन् ।

संस्थागत बैठक नभएकाले उपस्थित हुँदैनौं
महामन्त्री कुन्दन काफ्लेले सोमबार केन्द्रीय समिति बैठक डाकेका छन् । बाल्मिकि विद्यापिठमा विहान ११ बजे बोलाइएको सो बैठक संस्थागत नभएकोले आफुहरु उपस्थित नहुने पौडेल समुहका उपाध्यक्ष निलकण्ठ रिजालले बताए । “ अहिले नेविसंघमा कुनै संस्थागत बैठक बोलाइएको छैन,” उनले भने , “संस्थागत रुपमा नबोलाइएको बैठकलाई केन्द्रीय समिति बैठक भन्न मिल्दैन ।”

संस्थागत रुपमा महाधिवेशनको प्रक्रिया थाल्न ४ उपाध्यक्षको माग
यसैबिच पौडेल समुहका ४ उपाध्यक्षले १२औं महाधिवेशनको संस्थागत रुपमा प्रक्रिया थाल्न अध्यक्ष नैनसिंह महरसँग माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले संगठनभित्रैबाट भइरहेका केही अवाञ्छित, उद्धण्ड र अराजक गतिविधिले महाधिवेशन विथोलिने हो की भन्ने आशंका व्यक्त गर्दै त्यस्ता गतिविधिसँग शतर्क रहँदै गुटबन्दीरहित बलियो नेविसंघ निर्माणका लागि प्रयत्नशिल रहन पनि आग्रह गरेका छन् । “निर्धारित मितिभित्रै १२औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक कार्ययोजनासहित क्याम्पस, क्षेत्र, जिल्ला अधिवेशनको मिति तय गरि संगठनलाई महाधिवेशन उन्मुख गराउन नेविसंघ केन्द्रीय अध्यक्ष ज्युसँग हामी जोडदार माग गर्दछौं ,” उपाध्यक्षहरु निलकण्ठ रिजाल,उर्मिला थपलिया,खड्ग डाँगी र सागर परियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनको माहोल बन्ला ?
अधयक्ष महरले आफु निर्धारित मितिमै महाधिवेशन गराउन प्रतिवद्ध रहेको बताएका छन् । उनले पौडेल समुहका रिजाल र सिटौला समुहकी कृष्ण कुमारी बस्नेतलाई उपाध्यक्ष मनोनित गरेर सहमति,सहकार्य र एकताका साथ नेविसंघ १२औं महाधिवेशनतर्फ केन्द्रीत हुने संकेत गरेका छन् । अध्यक्ष महरले दुई उपाध्यक्षहरुको मनोनयनसँगै केन्द्रीय समितिका अधिकांस पदाधिकारी एवं सदस्यहरु महाधिवेशनको वातावरण बनाउन लागिपरेको र जसरी पनि महाधिवेशन निर्धारित मितिमै हुने आफु निकटस्थहरुसँग दाबी गर्ने गरेका छन् । अध्यक्ष महर निकटस्थहरुले महाधिवेशनका लागि अध्यक्ष महर प्रतिवद्ध रहेपनि महामन्त्री काफ्ले समुहको गतिविधि महाधिवेशनको वातावरण विगार्नेतर्फ केन्द्रीत रहेको बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *