२०८१ वैशाख ७ गते | 19th of April 2024

प्रेम, कविता, नेपाल हाउस र लिटिल नेपाल

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २९ गते २३:५८

गोकुल ढकाल/शिव मल्ल

सन २००७ तिर बाल्टिमोर पुग्दा एउटा चोकलाई प्रेमचोक भनिंदोरहेछ । त्यसताकपनि अन्य राज्यभन्दा औसतमा धेरै नेपाली बसोबास गर्ने मेरिल्यान्ड राज्यमा कसरी बाटोको नाम प्रेमचोक भयो भन्ने कौतहलता जाग्थ्यो । प्रेमगर्ने चोक रत्नपार्क जस्तै सांझपख नेपालीहरु टोहोलाउने चोक भएर प्रेमचोक नाम राखेका होलान भने लाग्थ्यो । बाल्टिमोरमा नेपालीका पिता ‘गणेश बुवा (गणेश मलेगु)संग सांझ दाल भात खांदै गर्दा सोधें – ‘बुवा किन हाम्रो यो घर अगाडीको चोकलाई प्रेम चोक भन्या ?’ झ्याल तिर देखाउंदै गणेश बुवाले भन्नु भो ‘ उ त्यो महल प्रेमराजा महतको हो, कसैलाई कतै जान पर्‍यो, केही गर्न पर्‍यो वा सहयोग चाहियो भने नेपालीहरुलाई पिक अप गर्ने यो चोकलाई प्रेमचोक राखे नेपालीहरुले ।’

प्रेमचोक :

प्रेमराजा महत :

बांझो खेतमा, सालैको पातले, हिउंचुलीमा हिउं, हरियो डलरजस्ता सयौं नेपाली गीत गाउनुभएका नेपाली लोक संगितका धरोहर प्रेमराजा महत त्यसताक नेपाली लोक संगीतको क्षेत्रमा एकछत्र राज गरे, भनौं प्रख्यात भए । पाखा पखेरीका पश्चिमेली जनजिब्रोका लोक भाकालाई टिपेर कर्णप्रिय सांगितिक कोशेली दिएका प्रेमराजा महत चर्चित हुंदा-हुंदै अमेरिका आए ।

नेपालमै राज गरेका प्रेमराजा तनहुँंको माया मारेर बाल्टिमोर हानिए । यसबिचमा प्रेमराजाका जीवनमा धेरै उतारचढाव आए होलान, तर अन्य नेपालीहरु बाल्टिमोर प्रवेश गरेसंगै प्रेमराजा पुग्दा भविश्य खोज्न अमेरिका हानिने धेरै कलाकारहरु बाल्टिमोर पुगे । करिश्मा मानन्धर, पूजा चन्द, कर्ण दास, राजाराम पौडेल, पत्रकार रवी लामिछाने लगायत नेपालमा नाम कमाएका धेरै कलाकारहरु उतै छिरे । अहिलेपनि तुलनात्मक रुपमा कलाकारहरु मात्रै होईन, धेरै नेपालीहरु बसोबास गर्ने राज्यमा मेरिल्यान्ड अगाडी पर्छ ।

आ-आफ्ना योजनाले नेपालीहरु मेरिल्याण्ड पुगेपनि नेपालमै नाम चलेका कलाकारको ‘अभिभाकत्व पाईएला’ भन्ने ध्येयले प्रेमराजाको दु:ख सुखमा आफु पनि सामेल हुन कलाकारदेखी पत्रकार, ब्यवसायीदेखी नेतासम्म नेपालीहरु बाल्टिमोर पुगे, पुग्दैछन । 

कविता गृह :

नाम चर्चित हुंदैमा जीवन सधैंं सुखमै कहाँं चल्छ र ? परदेशी जीवनमा सन्तानका सुख – दु:खका लागि अवसर खोज्ने अनेकन बाटाहरु समाते । यतिसम्मकी जीवनका अनेकन अवरोहको साथमा ‘बाल्टिमोरदेखी पेनेसेल्भेनियासम्म एक पोका खाना डेलिभरी गर्न गाडी हांकेको’ यही अांखाले देखेका थिए ।

चार चार छोराछोरी, श्रीमती र परिवारको जिम्मेवारी मान्छे चर्चित भएपनी समान नै हो । अहिले पो प्रेमराजाका सबै छोराछोरीहरु हुर्किए । कोही डाक्टर भए, कोही केही । शारिरिक रुपमा तन्दुरुस्त, शिक्षित र आ-आफ्ना ईलममा पोख्त महलका जीवनमा अहिले सुख भन्दा केही छैन । लोक संगित, सेवा र परिवारका मायालु महतको यो सफलतामा भाउजु कविता महतको सम्पूर्ण योगदान सर्वोपरी हुन । पाखा पखेरी झेलेको नेपालको जीवन, बाल्टिमोरको हिउं र तातो, समस्या र समाधानहरुले महतले धेरै पहिला बाल्टिमोरमा जोडेको महल अहिले कविता गृह बनेको छ ।

 दुतदेखी महासम्म : 

प्रवासमा सेवा दुर्लभ मानिन्छ । निस्वार्थ सामाजिक सेवा गर्नेहरु औंलामा गनिने भेटिन्छन् । बाध्यता र परिस्थितीले बिलापमा सडकमा देखिने आफ्नै जन्मभुमीका दाजु-भाई, दिदी बहिनीलाई देखे पनि नदेखेको ज्जस्तो गरी कर्किनु पर्ने अवस्थाहरु आउंछन । त्यसमाथी पाईलैपिच्छे नेपालीहरु भेटिने ठाउंमा तर्किने बाटो सितिमिती मिल्दैन, प्राय; सबैले चिन्ने मान्छेलाई ।

सन २००७ सालकै बाल्टिमोर बसाईको क्रममा हो । चर्चित नायक सरोज खनालले बेच्नुभएको डांडांमा रहेको कुमारी रेस्टुरेन्ट किनेका अर्का चर्चित ब्यवसायी मोहन थापाकोमा खाना खान प्रेमराजा दाईसंग जांदा कुन चोकमा हो – बिर्सिएं । गहुंगोरो वर्णका एक जोडी बाटामा रोकिएको देखियो । ‘कोमो स्तास ?’ ती जोडीलाई प्रेमदाईले सोधे । ट्वाल्ल परेर ती जोडीले हेरे । ‘के भाषा बोल्या होला है !’ महिलाले भनिन । ‘नमस्कार ! ए तपाईंहरु नेपाली पो हो ? कहाँ जान लाग्नुभाको, आउनुस्, म छाडिदिन्छु ।’ दाजुले भने । डाउटाउनमा भैयाको सेभेन एलेभेनमा बुढाको कामको अन्तर्वार्ता दिन हिंडेका रहेछन, जोडी । बाटोमा नेपाली जस्तो लागे सोधी-सोधी गन्तब्य पुर्याईदिने महतको त्यस्तै सामाजिक सेवाहरुको कदरस्वरुप नेपाल सरकारले बाल्टिमोर र पेनेसेल्भेनिया क्षेत्रका लागि वाणिज्यदुत पद दिलायो । किराना पसल, सानो रेस्टुरेन्ट, लिक्वयर स्टोर हुंदा घाटा-नाफामा चलेका महतदाई अवैतनिक महावाणिज्यदुत जो अहिले छन ।

नेपाल हाउस : 

अहिले कलाकार प्रेमराजा महत, अवैतनिक महावाणिज्यदुत प्रेमराजा महत मात्र रहेनन, सफल ब्यवसायी पनि बनेका छन, महत । धेरै ब्यापारमा हात हालेर सफल या असफल जे भए पनि उनले पछी खोलेको ‘नेपाल हाउस’ रेस्टुरेन्ट भने फस्टाएको छ । कार्यक्रमहरुमा सांस्कृतिक प्रस्तुती दिन देश बिदेश धाईरहने महावाणिज्यदुत अहिले नेपाल हाउस वरिपरी ब्यस्त छन । पाखा पखेरी र सारङ्गीका पारखी महतले नेपाली खाना बाहेक जन्मभुमीका बिभिन्न क्षेत्रका हस्तकलाका कलात्मक सामानहरु संकलन गरेर नेपालको झल्को दिने पर्यटकीय स्थान बनाएका छन । 

पर्यटकीय शहर बाल्टिमोरमा रहेको नेपाल हाउसमा ढाकाका टोपी, नेपाल चिनाउने पुस्तकहरु, लोक धुन, चित्रकलाहरु लगायत विविध सम्मिश्रणले सजिसजाउ गरिएको छ । शान्त बातावरणमा बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सगरमाथा र विश्व सम्पदा सुचीमा सुचिक्रित सांस्कृतिक सम्पदाको मुलुक नेपाल चिनाउने नेपाल हाउसलाई एउटा प्रख्यात पत्रिकाले बाल्टिमोरको १११ ‘पर्यटकीय रेस्टुरेन्टको सुचीमा नेपाल हाउस ६९ नम्बरमा’ परेको छ ।

बाल्टिमोर हार्वरको सामुन्द्रिक तटमा गीत रचना गर्ने महतको नेपाल हाउसमा अहिले चर्चित लेखकहरु, विदेशी कलाकारहरु, नगरका चर्चित ब्यक्तित्वहरु ग्राहकको रुपमा आउने गरेका छन । नेपाली पोशाकमा सजिएर सारङ्गी समाउंदै आँफैं बेला-बेलामा संगित पस्कने महावाणिज्यदुत महतले रेस्टुरेन्टमा आउने ग्राहकहरु लिएर नेपाल घुमाउने पनि गरेका छन । भर्जिनियाका मेयर समेत २२ जना पर्यटकहरु लिएर महत केही समय पहिला मात्र नेपाल भ्रमणमा गएका थिए ।

आफुले पर्वतारोहणको लागि चाहिने सामान्य जानकारी समेत मिल्ने गरी ‘पर्यटकीय जानकारी कक्ष’ निर्माण गर्न लागेको महत बताउंछन । रेस्टुरेन्टमा मात्रै नेपाल झल्काउने प्रयास होईन महत कविता गृहतिर पनि नेपालका ताल, मन्दिर, गाम बेंसीका सम्झना दिलाउने खालका चिनारीका प्रतिकहरु निर्माणमा लागेका छन ।

लिटिल नेपाल :

बासस्थान मनोरम होस् भन्ने सबैको चाहना हुन्छ । पहिले मान्छेको घर किन्ने धोको हुन्छ । किनेपछी सजाउने । जग्गा भए तरकारी लगाउने, बगैंचा बनाउने । मनग्य जग्गामा महावाणिज्यदुतावास सहित महल भएका महतले घरवरीपरी ताल, मन्दिर, चौतारो, गोंठ निर्माण गरिरहेका छन । उनका धेरै प्रोजेक्टहरु बनिसके । यी सबैको संगमस्थललाई ‘लिटिल नेपाल’ नाम दिएर निर्माण कार्यमा रातोदिन लागिरहेका छन, महत । 

फिर्फिरे हावा चल्ने बांसुरी रन्काउने शितल प्रेम चौतारी

कबिता गृहभित्र निर्माणाधिन लिटिल नेपालभित्रको नेपालमा अवस्थित बाराही तालको नमुना : बाराही ताल

गामबेसीका गीत गाउने कलाकारको गृहमा बेसीगोठ

घरबाहिर सजिने बगैंचाको नाम बाराही गार्डन

कचहरी बैठक र रोदी गाउने झल्को दिने प्रेम कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *