२०८१ वैशाख ६ गते | 18th of April 2024

लस एन्जलसमा भानु जयन्ती सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३२ गते ५:३१

लसएन्जलस – क्यालिफोर्नियाको लसएन्जलस शहरमा हिजो साँझ एक कार्यक्रममा २०५ अौ भानु जयन्ती मनाउदै  ‘अध्यात्म पुस्तक’ बिमोचन गरिएको छ ।

स्थानिय श्री पशुपतिनाथ तथा बुद्द मन्दिरमा आयोजना गरिएको सो कार्यक्रम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली साहित्य समाजको केन्द्रिय कोषाध्यक्ष शान्तिराम ढकालले भानु भक्त आचार्यको जिबनी र साहित्यमा उनले गरेको योगदानको बिषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा आचार्य चुडामणी पाठकद्वारा लिखित “अध्यात्म-बिज्ञान ” पुस्तकको बिमोचन गरिएको थियो । हिन्दू धर्म अन्तर्गत बैदिक सस्कृति ,भक्ति-शुत्र ,योग बिधा ,योग शुत्र, उपनिषद लगायत १५ बिभिन्न बिषय हरु समेटिएको सो पुस्तक सरल नेपाली भाषामा लेखिएको र पुस्तक प्रकाशन गर्नु पर्ने उदेश्य र पाठकहरुले यसबाट प्राप्त गर्नुहुने ज्ञानको बिषयमा लेखक आचार्य चिन्तामणी पाठकले प्रकाश पार्नुभएको थियो ।

त्यस्तै बिमोचन गरिएको पुस्तकको बिषयमा प्रमुख अतिथी डा. दिपक सिम्खडा ,अतिथी रामेश्वर भण्डारी र राम लामाले छोटो चर्चा गर्नुभएको थियो । सो अवसरमा महाबाणिज्य दुत ॠषि ढकाल र श्री पशुपतिनाथ फाउन्डेसनको अध्यक्ष भक्त थापाले अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले स्वदेश एब बिदेशमा भाषा बिकास र सम्बर्द्दन एब सास्कृतिक पहिचानमा पुर्याएको योगदानको बिषयमा र बिमोचन गरिएको पुस्तकको बिषयमा चर्चा गर्दै नेपाली साहित्य समाजको खुलेर प्रसंसा गर्नुभएको थियो । कार्यक्रमको शुरुवातमा भानुको तस्बिरमा माल्यर्पण गर्दै रामायणको केही श्लोकहरु पाठ गरिएको थियो ।

साहित्य प्रेमी एब पत्रकार तिलक कार्कीको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको सन्चालन सस्थाको महासचिब प्रकाश चन्द्र घिमिरेले गर्नुभएको थियो । सो अवसरमा प्रकाश पाण्डे ,सुशिला पाण्डे ,इन्दिरा त्रिपाठी ,गोकुल पौड्याल ,राम लामा र किरण थुलुङ्ले आफ्नो आफ्नो रचना बाचन गर्नुभएको थियो । कार्यक्रम लसएन्जलस च्याप्टरको अध्यक्ष डन बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

साभार : हिमालीपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *