२०८१ वैशाख ६ गते | 18th of April 2024

गुरु चिन्तामणि योगीसंग लस एन्जलसमा समर क्याम्प

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३२ गते ५:४२

अमेरिका – श्री पशुपतिनाथ तथा बुद्द मन्दिरले नर्वाल्कमा आगामी जुलाई २१ देखि २३ तारिख सम्म समर क्याम्पको आयोजना गर्न लागेको छ । आफ्ना नानीहरुलाई सत्य, माया, शान्ति, निस्वार्थ सेवा र अहिंसाको बारेमा जान्ने अवसर प्रदान गर्नको लागि समर क्याम्प उपयुक्त हुनेबताइएको छ ।

निशुल्क समर क्याम्पको संचालन धार्मिक गुरु डा. चिन्तामणि योगीले गर्ने योजना रहेको सचिव रामेश्वोर भण्डारीले बताए । डा. योगीले टेक्सासको डल्लासमा नानीहरुलाई समर क्याम्पको संचालन गरिसकेका छन् । सिमित सिटसंख्या भएको हुँदा पहिले आउनेलाई प्राथमिकता दिने योजना संस्थाको रहेको छ ।

क्याम्पमा स्वय सेवा गर्न इच्छुक हाइस्कुलका विधार्थीलाइ सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । स्वय सेवा गर्ने विद्यार्थीलाइ प्रमाण पत्र वितरण गरिने योजना रहेको सचिव भण्डारीले जानकारी दिएका समाचार दुरबिननेपालले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *