२०८१ वैशाख ८ गते | 20th of April 2024

एच बि भन्डारीसंग लस एन्जलसमा अन्तर्कृया हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ३ गते ११:३२

लस एन्जलस  – अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ वाट स्टेट डेलिगेटसमा प्राइमरी निर्वाचनमा सफलता हासिल गरेर डेमोक्रेटिक पार्टीको तर्फबाट आधिकारिक उमेद्वार बनेका नेपाली छोरो एच बि (ह्यारी)  भन्डारीसंग लस एन्जलसमा अन्तर्कृया हुने भएको छ । उनको चुनावी अभियानलाई सहयोग पुर्याउने हेतुले आयोजना गरिएको कार्यक्रमको संयोजन एनआरएनले गरेको छ ।

एनअारएन अमेरिकाका पदाधिकारीहरुद्दरा कार्यक्रमको बारेमा जारी गरिएको बक्तब्य :

आदरणीय क्यालीफोर्नियामा वसोवास गर्दे आउनु भएका आमा बुवा,दाजुभाई तथा दिदीवहिनीहरु सवैमा हार्दिक नमस्कार तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।
हामी यो प्रवासी भूमिमा विभिन्न तरिकाको संघर्ष गर्दे आइरहेका छौं, यो संघर्ष भनेको भावी पिढीको लागि एउटा मार्ग निर्देशक पदयात्रा वनोस भन्ने हामी सवैको सपना र चाहना पनि हो । यसैसिलसिलामा अमेरिकाको मूलधारको राजनीतिमा होमिएर एउटा निश्चित तह सम्मको उचाई प्राप्त गर्नु भएका तपाई हाम्रै हावापानीमा हुर्किनु भएका एचवि भण्डारीको विषयमा हामीहरु पक्कै जानकार छौं भन्ने हामीहरुको विश्वास रहेको छ । उहाँ अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८वाट स्टेट डेलिगेटसमा प्राइमरी निर्बाचन मा सफलता हाशिल गरेर डेमोक्रेट पार्टी को आधिकारिक उमेद्वार वन्नुभएको छ ।

उहाँको यस अभियानले हाम्रा सन्ततिलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउन एक प्रेरक भूमिका निर्वाह गर्नेमा शायद कसैको विमति छैंन, तसर्थ उहाँको यस अभियानमा साथ दिनका लागि हामीहरुले निम्न मिति,समय र स्थानमा एक भव्य कार्यक्रमको आयोजना गर्न लागिएको व्यहोरा अवगत गराउन चाहन्छौं । उक्त कार्यक्रममा एचवि भण्डारीले अमेरिकाको राजनीतिको वहुआयामिक पाटोको वारेमा समेत हामीहरुसँग छलफल गर्नुहुनेछ । तसर्थ उक्त कार्यक्रममा सहभागी भई उहाँको अभियानलाई साथमा साथ र काँधमा काँध दिईदिनुहुन सादर अनुरोध गर्दछौं । 

समय ६ बजे
मिति : जुलाई २२ २०१८
स्थान : 10843 Kenney St, Norwalk, CA 90650

भवदीय,

NRNA USA California Chapter
President- Ram Babu Pandey

Advisor to the Program:
Uma Karki Thapa
NRNA USA Vice President & Chair NRNA USA Help Desk
Indira Tripathi Women Cordinator NRNA USA
Dr. Arjun Banjade, Chair Mainstream

Leave a Reply

Your email address will not be published. Required fields are marked *