२०८१ वैशाख १४ गते | 26th of April 2024

डा. के सीको माग सम्बोधन गर्न एनआरएन अमेरिकाको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन ४ गते २:१३
अमेरिका – नेपालमा अनसनरत डा. गोबिन्द के सी ले उठाएका जनहितकारी माग सम्बोधन गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले सम्बन्धित पक्षसंग माग गरेको छ । चिकित्सा शिक्षाको बिषयलाई लिएर ३ सातादेखी आमरण अनसरनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुंदै गएकोले व्यक्तिको बांच्ने अधिकारलाई कुन्ठित र बेवास्ता नगरि संबाद र सहमतीबाट समस्याको समाधान खोज्न पनि एनआरएन अमेरिकाले अनुरोध गरेको छ ।
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले एक बिज्ञप्ती जारी गर्दै आमरन अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकोमा गैर आवासीय नेपालीहरु चिन्तित भएको समेत बताउनुभएको छ । जुम्लामा अनसन शुरु गरेका डा. केसीलाई हिजो मात्रै सरकारले बल प्रयोग गरेर काठमाण्डौ ल्याएको थियो । हाल डा. केसी शिक्षण अस्पताल महाराजगंजमा अनसनरत हुनुहुन्छ ।
एनआएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले जारी गरेको बिज्ञप्ती :
सबै सर्वसाधारण जनताले स्वास्थ्य सम्बन्धी संबैधानिक हकको सुबिधा सरल सुलभ, सहज र शीघ्र रूपमा पाऊन् भनी लगभग तीन हप्तादेखि जुम्लामा डाक्टर गोविन्द केसी सत्याग्रहमा बस्नु भएको र आमरण अनसनका कारण उहाँको स्थिती नाजूक भएको खवर सुनेर हामी गैर आवासीय दिदीबहिनी तथा दाजुभाईहरू साह्रै चिन्तित भएका छौं l ब्यक्तिको बाँच्ने अधिकारलाई कहीँ कतैबाट कुन्ठित र बेवास्ता गरिनु हुन्न भन्ने कुरामा एन आर एन ए अमेरिका सधैं विश्वास राख्छ र प्रतिवद्ध छ l हरेक समस्याको सही समाधान र कुन्ठित मौलिक हकको प्राप्तिको एक मात्र विकल्प सम्वाद र सहमति नै हो l अत: नेपाल सरकार, संसद र सम्बन्धित निकायले डाक्टर केसीसगँ अर्थपूर्ण र फलदायी वार्ता गरी उहाँका जनहितकारी मागको तत्काल सम्वोधन गरी डा केसीको जीवन रक्षा गर्न एन आर एन ए अमेरिका हार्दिक अपील र अनुरोध गर्दछ l
डा. केशव पौडेल
अध्यक्ष,
गैर आवासीय राष्ट्रिय समन्वय परिषद
अमेरिका

Read more http://uskhabar.com/archives/3511

Leave a Reply

Your email address will not be published. Required fields are marked *