२०८१ वैशाख १३ गते | 25th of April 2024

केपी ओलीको वडामा कांग्रेसको जित !

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते १७:५९

एजेन्सी, ३ जेठ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
ओलीको निवास रहेकै कारण एमालेको मजबुत वडाका रुपमा हेरिएको सो वडामा कांग्रेसले जितेपछि एमालेको संगठन बालकोट क्षेत्रमा कमजोर भएको देखिएको छ ।
उक्त वडामा कांग्रेसका कमलराज आचार्यको पक्षमा मतपरिणाम परेको छ । यसैगरी सो वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन्  ।
सो वडामा एमालेका तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट विजयी भएका छन् ।

2 thoughts on “केपी ओलीको वडामा कांग्रेसको जित !

Leave a Reply

Your email address will not be published. Required fields are marked *