२०८१ वैशाख १२ गते | 24th of April 2024

नर्दन क्यलिफोर्नीयामा भानु जयन्ती तथा अनेसास च्याप्टर साधारण सभा

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १० गते १५:४९

सान फ्रन्सिस्को –जुलाई १५, २०१८ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्नीया च्याप्टरले २०५ औँ भानु जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । अनेसास नर्दन क्यालिफोर्नीया च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको सभापतित्व तथा बरिष्ठ संगीतकार मदन दिब्बिमको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भानु जयन्ती समारोह समितिका संयोजक बन्धु पोख्रेलले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गर्नु भएको थियो भने अनेसासका सल्लाहकार तथा समाजसेवी डा टिका लम्सालले भानुभक्त आचार्यको संक्षिप्त परिचय र नेपाली भाषामा उनको योगदानको चर्चा गर्नु भएको थियो ।

सो कार्यक्रममा एनआर एन आईसीसी सदस्य डिल्लि भट्टराई, एन आर एन अमेरिकाका केन्द्रीय सदस्य श्रीमती बिन्दु सापकोटा, जन सम्पर्क समिति नर्दर्न क्यालिफोर्निया च्याप्टरका बरिष्ठ उप सभापति नारायण खनाल, सन्नी सगरमाथा समाजका सभापति गंगा केसी, बुद्ध नेपाल पिस फाउन्डेसनका सभापति चिन काजी श्रेष्ठ, स्याक्रामेन्टो नेप्लिज लायन्स क्लबका सभापति डा दुर्गा दहाल, सन्निभेल एभरेष्ट लायन्स क्लबका सभापति हरिहर दहाल, लायन्स क्लब अफ लाली गुरॉस बर्क्लीका सभापति तथा निर्मल फुयॉल, सन्फ्रान्सिस्को बुद्ध लायन्स क्लबका चार्टर सभापति प्रकाश लामा, पत्रकार कृष्ण केसी, डा ताेया बराल, डा तारा सिक्देल, डा बिनोद न्यौपाने, एनआरएन ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीका नारायण पोखरेल, सुनिल राजकर्णिकार, श्रीराम थापा टिका कुमार पुन, स्याक्रामेन्टो उडल्यान्ड देखि समाज सेबी हरिहर दहाल लगायतका प्रबुद्ध व्यक्तित्वहरु सहित करिब सय जनाको उपस्थिति थियो ।

कविता,गजल, मुक्तक, गीत, हाइकु आदि प्रस्तुत गरिएको साे साहित्यिक माहोलमा सिर्जना प्रस्तुत गर्नेहरुमा मान्यता हुमागाई, रेवति राज अधिकारी, नारायण खनाल,रिता देबी प्रधान, कृष्णमान श्रेष्ठ, कृष्ण केसी, डिल्लि भट्टराई, मदन दिब्बिम, डा टिका लम्साल, डा दुर्गा दहाल, डा बिनोद न्यौपाने, बन्धु पोख्रेल, हरिहर दहाल, गिता बजगाईं, चिनकाजी श्रेष्ठ, घनस्याम न्यौपाने, डा तारा सिग्देल, टिका पुन, पवन पौडेल, र श्रीराम थापा काजी हुनु हुन्थ्यो । यस्तै कवि धर्मराज कोइरालाले पठाउनु भएको कविता गिता बजगाईं तथा सल्लाहकार सुरेस भट्टले पठाउनु भएको कविता बन्धु पोख्रेलले वाचन गर्नु भएको थियो ।

सो समारोहमा बरिष्ठ संगितकार मदन दिब्बिम, निर्मल फुयॉल, डा टिका लम्साल, टिका कुमार पुन, भूमिका फुयाल, अश्मिता फुयॉल सहितको टोलीले बाद्यबादन सहित गितहरु प्रस्तुत गरी संगितमय वातावरण शिर्जना गरेको थियो ।

अन्त्यमा समारोहका सभापति सर्बज्ञ वाग्लेले आफ्नो कार्यब्यस्तताका बाबजुद यस कार्यक्रममा उपस्थित हुने तथा यस कार्यक्रमलाई प्रतक्ष्य वा परोक्ष रुपमा सहयोग गरी सफल बनाई दिनु हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो थियो । कार्यक्रमको संचालन शुरुमा हरिहर दहाल र पछि गीता बजगाईंले गर्नु भएको थियो । कार्यक्रमको शुरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्नीया च्याप्टरको बार्षिक साधारण सभा सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *