२०८१ वैशाख ७ गते | 19th of April 2024

काँग्रेसको गढमा एमाले बिजयी, पोखरा ८ मा रुद्र

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते २२:१७

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ नेपाली काँग्रेसको गढ मानिन्छ । तर स्थानीय चुनावमा नतिजा फरक आएको छ । काँग्रेसलाई पछि पार्दै एमाले उम्मेदवार बिजयी भएका छन् । वडाध्यक्षमा एमालेका रुद्र नाथ बरालले काँग्रेसका उम्मेदवार शारदा गिरीलाई १ सय ४० मतान्तरले पराजीत गरे । बरालको १ हजार ८ सय ३ मत आउँदा गिरीको १ हजार ६ सय ६३ मत आयो । खुला सदस्यमा काँग्रेसका कृष्णमान ठूसाजु र पुष्पराज सिग्देल, महिला सदस्यमा एमालेकी किरण गौतम, दलित महिला सदस्यमा एमालेकै लक्ष्मी कौशल बिजयी भए ।
महानगर प्रमुखमा पनि एमाले अगाडी छ । एमाले उम्मेदवार मान बहादुर जिसीले १ हजार ८ सय ४० मत ल्याउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ हजार ६ सय ३८ मत पाए । उनीहरु बीचको फरक २ सय २ मत छ । उपप्रमुखमा पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडी छिन् । मञ्जुले १ हजार ८ सय १ मत पाईन् भने काँग्रेस उम्मेदवार सरस्वति गुरुङले १ हजार ५ सय ७२ मत पाईन् ।

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१६३८ १५७२ १८४० १८०१
१६६३ (वडाध्यक्ष) १८०३ (वडाध्यक्ष)

Leave a Reply

Your email address will not be published. Required fields are marked *