२०८१ वैशाख ७ गते | 19th of April 2024

पोखरा ९ मा काँग्रेस अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १२:४५

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ को १ हजार ३ सय मत गन्दा काँग्रेसले अग्रता लिएको छ । मतगणना सार्वजनिक भएसँगै नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै काँग्रेसको प्यानल नै अगाडी देखिएको हो । वडाध्यक्षमा काँग्रेस उम्मेदवार रामराज लामिछानेले ३ सय ६३ मत पाउँदा एमाले उम्मेदवार गोविन्द तुलाचनले ३ सय ९ मत मात्रै पाएका छन् ।
वडा सदस्यमा काँग्रेसका सुरेश खवास, नन्दराम गिरी, महिला सदस्यमा राम माया मानन्धर र दलित महिला सदस्यमा गीता नेपाली अगाडी छन् ।
महानगर प्रमुख र उपप्रमुखमा पनि काँग्रेस अगाडी छ । रामजी कुँवरले ४ सय ७६ मत पाउँदा एमाले उम्मेदवार मान बहादुर जिसीले ३ सय ७४ मत पाएका छन् । उपप्रमुखमा सरस्वति गुरुङको ३ सय २२ र मञ्जुदेवी गुरुङको ३ सय ३ मत छ ।

१३०० मत गनिसक्दा

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
४७६ ३२२ ३७४ ३०३
वडाध्यक्ष-३६३ वडाध्यक्ष-३०९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *