२०८१ वैशाख १३ गते | 25th of April 2024

पोखरा १० मा काँग्रेस अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १४:१०

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० को ४ सय मत गनिसक्दा काँग्रेस अगाडी छ । काँग्रेसका उम्मेदवार राज कुमार गुरुङले अग्रता लिएका छन् । गुरुङको १ सय ४६ मत आउँदा एमाले उम्मेदवार महेन्द्र कुमार गुरुङको ९९ मत छ ।
मेयरमा भने एमाले भन्दा काँग्रेस उम्मेदवार केही पछाडी छन् । एमालेका उम्मेदवार मान बहादुर जिसीको १ सय ३८ मत आउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरको १ सय २५ मत छ । उपमेयरमा काँग्रेस उम्मेदवार सरस्वती गुरुङ अगाडी छिन् । उनले १ सय ३८ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङको १ सय २२ मत छ ।
हालसम्म जिसीले ९ हजार ८ सय ७५ मत ल्याएका छन् भने कुवँरले ९ हजार ५ सय ६९ मत छ । उपमेयरमा मञ्जुको ९ हजार ५ सय १४ मत आउँदा सरस्वतीको ८ हजार २ सय ५८ मत छ ।

४ सय मत गनिसक्दा

  नेपाली कांग्रेस नेकपा एमाले
  रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
  १२५ १३८ १३८ १२२
जम्मा ९५६९ ८२५८ ९८७५ ९५१४
  वडाध्यक्ष १४६ वडाध्यक्ष ९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *