२०८१ वैशाख १३ गते | 25th of April 2024

पोखरा ११ मा मतगणना थालियो, एमाले अगाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १८:२९

पोखरा, ५ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ मा नेकपा एमाले अगाडी छ । ८ सय १ मत गन्दा एमालेका उम्मेदवार देवेन्द्र बास्तोला काँग्रेसका उम्मेदवार मोहन प्रसाद बास्तोला भन्दा ७ मत अघि छन् । देवेन्द्रको ३ सय ३६ मत छ भने मोहनको ३ सय २९ मत छ ।
वडा सदस्यहरुमा एमालेकै लोकराज आचार्य र मिन बहादुर गुरुङ, महिला सदस्यमा मिठु माया गुरुङ, दलित महिला सदस्यमा हेमा कुमारी नेपाली अगाडी छिन् ।
११ नम्बर वडाबाट महानगर प्रमुखमा पनि एमाले अगाडी छ । एमालेका मान बहादुर जिसीको ३ सय ७५ मत आउँदा काँग्रेसका रामजी कुवँरको ३ सय २८ मत छ । उपप्रमुखमा भने काँग्रेस अगाडी छ । काँग्रेस उम्मेदवार सरस्वती गुरुङको ३ सय ३५ र मञ्जुदेवी गुरुङको ३ सय २६ मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
३२८ ३३५ ३७५ ३२६
वडाध्यक्ष-३२९ वडाध्यक्ष-३३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *