२०८१ वैशाख ७ गते | 19th of April 2024

BREAKING NEWS :ओखलढुंगाको पहिलो मत परिणाम कांग्रेस ४५० बाम ९६१

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २१ गते १४:०३

काठमाडौं २१ मंसिर । ओखलढुंगाको मतगणनाको पहिलो परिणाम सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार प्रदेश सभा क को मत परिणाम सार्वजनिक भएको हो । चिसंखुगढी गाउपालिकाको वडा नंं १ र वडा न ८ को जम्मा १४८६ मत गणना हुदा नेपाली कांग्रेसका उम्मेदवार मित्रसेन दाहालले ४५० मत प्राप्त गरेका छन । त्यसैगरी बामगठबन्धनका तर्पmबाट एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङले ९६१ मत ल्याएर अग्रता लिएका छन । अन्य पार्टीले २० मत प्राप्त गरेका छन । १४८६ मत गन्दा ५५ मत बदर भएका छन ।

कांग्रेस र बामगठबन्धनबीच निकै प्रतिस्पर्धाको रुपमा हेरिएको ओखलढुंगा जिल्लाको मतगणना यतिबेला जारी छ । यता प्रतिनिधि सभाको लागि चिउरी डाडा माविको क बुथ र जनजीवन माविको क र ख दुवै बुथ त्यसैगरी ज्ञानज्योती माविको क ख र टारकेराबारी वडा कार्यलय भवनमा सञ्चालित बुथको मतगणना जारी छ । यो जिल्लाको मत परिणामलाई निकै महत्वका साथ हेरिएको छ । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका रामहरी खतिवडा र एमालेका यज्ञराज सुनुवारको प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवार उत्तिकै क्यापेबल भएका कारण कस्को पक्षमा पल्लाभारी हुने भन्ने यतिबेला जिज्ञाषाको विषय बनेको छ ।

यता प्रदेशसभाका लागि प्रदेश क मा नेपाली कांग्रेसबाट मित्रसेन दाहाल र एमालेबाट अम्बिरबाबु गुरुङको प्रतिस्पर्धा रहेको छ । त्यसैगरी प्रदेश २ मा कांग्रेसबाट प्रदीपकुमार सुनुवार, माओबादी केन्द्रबाट मोहन खडका हिमशिखरबीच प्रतिस्पर्धा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *